२३ असार २०८३, मंगलबार

मान्छे र पार्टी हेरेर अदालतले फैसला गर्ने परिपाटी बस्यो : केपी शर्मा ओली

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे र पार्टी हेरेर अदालतले फैसला गर्ने परिपाटी बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मधेश प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि व्यक्त गर्दै उनले अदालतले आफ्नो र संविधानको मर्यादा राखेर फैसला गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कानून हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ । संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ । हिजो सर्वोच्चबाट एक महिना पुग्न चार दिन बाँकी होला । सर्वोच्चले २४ घण्टाभित्र लिनू भन्छ । म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ तीन दिन अगाडि तान्नको लागि संविधानविपरीत आदेश दिन्छ ।’