१ कार्तिक २०८३, शनिबार

वाइडबडी प्रकरण : कांग्रेस नेता शाहीसहितलाई सफाई दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाइडबडी जहाज खरिद प्रकरणमा काँग्रेस नेता जीवनबहादुर शाहीसहितलाई सफाई दिने विशेष अदालतको फैसलाविरूद्व अख्यिार दुरूपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

दोषीलाई उन्मुक्ति दिने तथा कम सजाय तोक्ने विशेष अदालतको फैसलाविरुद्ध आयोगले आज सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो ।

जहाज खरिदमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको दाबी गरिएको छ ।

विशेष अदालतले शाहीसहित केहीलाई सफाई दिएको थियो भने केहीलाई दाबी अनुसारको बिगो तथा सजाय नभएको अख्तियारको दावी छ ।