१५ असार २०८३, सोमबार

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ ।

मंसिर १५ गते अर्थ मन्त्रालयमा कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उक्त रकमको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।

२०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा उक्त रकम योगदान गरेको हो । कम्पनीले गरेको सहयोगप्रति खनालले धन्यवाद ज्ञापन गरे ।

उक्त रकम सहित कोषमा मंसिर १५ गतेसम्म ११ करोड ८२ लाख जम्मा भएको छ ।