काठमाडौं । नेपालमा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा कर्तव्य पालना गर्दै शहादत प्राप्त गरेका प्रहरीका परिवारलाई गरिएको आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गर्दै नेपाल प्रहरी श्रीमती संघले नेपाल पूर्व प्रहरी परिवार मञ्च बेलायतलाई प्रशंसा पत्र प्रदान गरेको छ।
तत्कालीन अध्यक्ष भावना श्रेष्ठ खापुङद्वारा हस्ताक्षरीत प्रशंसापत्रमा अमर प्रहरी परिवारका आश्रित सदस्यप्रति देखाइएको सहृदयता र सहयोगका लागि मञ्चप्रति धन्यवाद व्यक्त गरिएको छ ।
आन्दोलनको घटनापछि मञ्चले तत्काल सहयोग संकलन गरी शहीद प्रहरीका तीन परिवारलाई प्रति परिवार ५०/५० हजारसहित कुल १ लाख ५० हजार रुपैयाँ र काठमाडौँ महानगरीय प्रहरी वृत्त महाराजगञ्ज जलेपछि पुनर्निर्माणमा जुटेको नागरिक तथा पूर्व प्रहरीको समितिलाई थप ५० हजार रुपैयाँ प्रदान गरी कूल २ लाख सहयोग गरेको संयोजक शिवजी श्रेष्ठले जानकारी दिएका छन् ।
सहयोगदाताहरूमा बाचस्पति रेग्मी, मदन शाह, मदन गुरुङ, चुन्नु दर्लामी, गंगा राना, गंगा अधिकारी, शिव गुरुङ, रोशन श्रेष्ठ, महेन्द्र कुँवर, इन्द्र कार्की खस, माधव श्रेष्ठ, रामसुन्दर शाह, निलकण्ठ पौडेल, हरिसिंह थापा, जीव बेलवासे, केदार थपलिया तथा शिवजी श्रेष्ठ रहेका छन्। मानवीय कार्यमा साथ दिने सबैप्रति मञ्चका अध्यक्ष एवम् पूर्व डीएसपी बाचस्पति रेग्मीले धन्यवाद व्यक्त गरे ।









प्रतिक्रिया