काठमाडौं । नेपालमा ग्राहक सेवा सञ्जाल विस्तार गर्दै फोटोनले आफ्नो बिक्रीपछिको सेवा कार्यक्रम “फोटोन टोटल केयर” मार्फत विश्वसनीय र पहुँचयोग्य सेवा प्रदान गर्दै आएको छ। कम्पनीले गाडी बिक्रीपछि पनि दीर्घकालीन सहायता र सहज ग्राहक अनुभवलाई प्राथमिकता दिएको हो।
हाल फोटोनका १७ सेवा केन्द्र देशभर सञ्चालनमा छन्, जसले शहरी क्षेत्रदेखि ग्रामीण भेगसम्मका ग्राहकलाई मर्मत, सर्भिसिङ तथा जेन्युइन पार्ट्स उपलब्ध गराइरहेका छन्। प्रशिक्षित प्राविधिक र छिटो सेवा उपलब्धताका कारण फोटोनप्रति विश्वास अझ मजबुत भएको कम्पनीको दाबी छ।
फोटोन टोटल केयर प्रमिस अन्तर्गत जेन्युइन स्पेयर पार्ट्स, वारेन्टी सुविधा, रोडसाइड सहयोग, डेडिकेटेड कस्टमर केयरलगायत सम्पूर्ण आफ्टर–सेल्स सेवा समावेश छन्। यसले सवारीसाधनको डाउनटाइम कम गर्दै व्यवसायीहरूलाई पनि सहजता र मानसिक शान्ति प्रदान गर्ने लक्ष्य राखेको छ।
फोटोन गाडीका लागि विशेष तालिम पाएका प्राविधिक र १०० प्रतिशत जेन्युइन पार्ट्सको प्रयोगले गाडीको दीर्घायु, प्रदर्शन र सुरक्षामा सुधार आएको बताइन्छ। कम्पनीले सर्भिस क्याम्प, हेल्पलाइन र प्रोएक्टिभ फलो–अपमार्फत ग्राहक–सहयोगलाई अझ प्रभावकारी बनाउँदै आएको छ।
हालै सम्पन्न मेगा मनसुन सर्भिस क्याम्प मार्फत देशभर गाडीको चेकअप, समस्याको समाधान र विशेषज्ञ परामर्श प्रदान गरिएको थियो।
फोटोनका अनुसार, टोटल केयर कार्यक्रमले विश्वसनीयता, उच्च गुणस्तर र देशव्यापी पहुँचमार्फत नेपाली बजारमा कम्पनीको प्रतिवद्धता झनै मजबुत बनाएको छ।










प्रतिक्रिया