काठमाडौं । एसीसी मेन्स यू–१९ प्रिमियर कप २०२५ मा नेपाली युवा टोली उपविजेतामा सिमित बनेको छ । आज भएको फाइनलमा नेपाली युवा टोलीलाई २७ रनले पराजित गर्दै यूएईले प्रिमियर कपको उपाधि उचालेको हो।
यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाली युवा टोली ३३.२ ओभरमा १ सय २० रनमा अलआउट भयो । नेपालका लागि कप्तान धामीले बनाएको ३४ रन नै सर्वाधिक रह्यो । आशिष लुहार र रोशन विश्वकर्माले समान २५ रन थपे । वंश क्षेत्री ११ रन बनाउँदा बोल्ड आउट भए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
त्यसअघि नेपाली युवा टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ४५.५ ओभरमा १ सय ४७ रन बनाउँदा अलआउट भयो । प्रिमियर कपको फाइनलमा नेपाल पराजित भए पनि यी दुई टोली टोलीले एसिया कपमा स्थान बनाइसकेका छन् ।








प्रतिक्रिया