१८ असार २०८३, बिहिबार

एमाले ११ औं महाधिवेशनका लागि उदयपुरबाट १४ जना प्रतिनिधि चयन

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । यही मंसिर २७–२९ मा हुने नेकपा (एमाले)को महाधिवेशनका लागि उदयपुरमा निर्वाचनमार्फत प्रतिनिधि चयन भएका छन् । एमालेको ११ औं महाधिवेशनका लागि उदयपुरबाट १४ जना प्रतिनिधि निर्वाचनमार्फत चयन भएका हुन् ।

एमाले उदयपुरका जिल्ला उपसचिव हेम खड्का अनुसार निर्वाचन प्रक्रियाबाट १४ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । जसमा निर्वाचन क्षेत्र १ मा खुलाबाट ११६७ मत ल्याउँदै कालुमान लामा, प्रमेश्वर घिमिरे ११६५, दुर्गाकुमार थापा ९९७, भागवत राउत ११४५ मतका सात निर्वाचित भएका छन् ।

यसैगरी, महिलामा कान्ता राई ७१७, महेश्वरी राई १२८० मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । युवातर्फ सुरेन्द्र राई ११४४ मतका साथ निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ मा एमालेको कुल २१९४ मत खसेको थियो ।

यसैगरी, उदयपुरको निर्वाचन क्षेत्र २ मा जम्मा १६४० खसेको थियो । जसमा खुलातर्फ अम्बर रायमाझी १३०३, जिवनाथ दाहाल ५५१, ज्ञानेन्द्र श्रेष्ठ ६३७ मतका साथ विजयी भएका छन् । महिलातर्फ कुमारी आले ८४९, गिता खडका ८७० मतका साथ महाधिवेशन प्रतिनिधि चयन भएका छन् । युवातर्फ हेम खडका ६८९ मतका साथ विजयी भएका छन् ।

यसैगरी, दलितर्फ एक मात्र कोटामा लालबहादुर रम्तेल १७५ मतसहित निर्वाचित भएका छन् ।