२५ असार २०८३, बिहिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे विवाद हुँदा केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सर्दै आएको थियो ।

आज बैठक बस्नुअघि कार्यवाहक सभापति खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी छ ।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा टुंगो नलाग्दा लम्बिएको छ ।