सर्लाही । नेकपा (एमाले)को ११औं केन्द्रीय महाधिवेशनमा मतदान अधिकारसहित सहभागी हुन सर्लाहीबाट २२ जना प्रतिनिधि सर्वसम्मतरूपमा चयन भएका छन् ।
मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य र पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेतीको नेतृत्वमा केन्द्रीय सदस्य कमलादेवी महतो, रन्जना सरकार, कल्पना कुमारी कटुवाल र जिल्ला अध्यक्ष राजनारायण साह सहित पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।
७४ जनाले उम्मेदवारी दिएकोमा सहमतिमै प्रतिनिधि टुंगो लगाउने निर्णयपछि कार्यदलले प्रतिनिधिहरूको नाम सार्वजनिक गरेको हो । कार्यदलले चारै क्षेत्रका खुल्ला, महिला, युवा तथा दलित कोटालाई समेटेर सूची टुंगो लगाएको जनाएको छ ।
चयन भएका प्रतिनिधिहरूमा खुल्लातर्फ मनोजकुमार देवकोटा, प्रकाश थापा, माधव सरकार, राजनारायण साह, जयप्रकाश यादव, विदुरकुमार प्याकुरेल, गणेशप्रसाद प्रसाई, रेवतीरमण पन्त, माधवप्रसाद कोइराला र जयलाल सहनी छन् ।
महिलातर्फ एकावती देवी चौधरी, शान्तीकुमारी लामा, राधिका खतिवडा, रेणु पासवान, सरिता घिसिङ, सारदा कुमारी उप्रेती र लालवती देवी राय चयन भएका छन् । युवातर्फ उज्वलकुमार कार्की, रौनित साह, मोहन बहादुर रेग्मी र रवि शंकर सिंह कुशवाहा रहेका छन् भने दलित तर्फबाट रामचन्द्र चमार चयन भएका छन् ।
मंसिर ११ गते उम्मेदवारी दर्ता भए पनि कार्यकर्ताहरूले सहमतिमार्फत नाम टुंगो लगाउन सुझाव दिएपछि कार्यदलमार्फत सूची तय गरिएको हो ।








प्रतिक्रिया