२३ जेष्ठ २०८३, शनिबार

४ किलो गाँजासहित एक जना पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट खटिएको प्र.ना.नि. अनिल जैसवालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चार किलो भन्दा बाढी गाँजा बरामद गरेको हो ।

चन्द्रपुर नगरपालिका ४ सुन्दरबस्ती टोलका ३३ वर्षीय सुमन तामाङ योञ्जनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा लागूऔषध गाजा लुकाई छिपाई राखी बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली सुन्दरबस्ती पुगेको थियो ।

आफू सुत्ने कोठाको पलङको घर्रामा रहेको रातो प्लाष्टिकमा र बेच्नलाई राखेको कालो प्लाष्टिकको झोलामा राखेको गरी जम्मा चार किलो सात सय पचास ग्राम गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

तामाङले झोलामा राखेको नगद आठ हजार एक सय असी रुपैयाँ पनि बरामद गरिएको छ । यस विषयमा थप अनसन्धान कार्य भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।