१३ असार २०८३, शनिबार

काँग्रेसमा जुट्यो सहमति, कहिले हुने भयो महाधिवेशन ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । महाधिवेशन र विशेष महाधिवेशनका विषयमा नेपाली काँग्रेसभित्र चुलिएको विवाद समाधानतर्फ उन्मुख भएको छ ।

आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट महाविधेशनका विषयमा सहमति जुटेको हो ।

सहमति अनुसार आगामी पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने सहमति जुटेको छ । तर आधिकारी जानकारी पनि दिइएको छैन । यही मिति भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने स्रोतले जानकारी दिएको हो ।

पार्टीको केन्द्रीय कमिटी बैठक भोलिका लागि बोलाइएको छ ।