१७ असार २०८३, बुधबार

चलचित्र ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । यही मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक रोमान्टिक प्रेमिल ‘लाजै नमानी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन् । सार्वजनिक गीतमा मेलिना राई र नारायण थापाको स्वर रहेको छ । गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने विकास चौधरीले संगीत गरेका छन् ।

काजी लिम्बुले लेखेको कथा ‘लोकन्ती’ चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन् ।

चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन् । काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु, कुमार न्यौपाने र विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकास अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन् । संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा, शृंगार अशोक रोक्काको रहेको छ भने सम्पादन गौतम राज खड्काले गरेका हुन् ।

चलचित्रमा शंकर अधिकारी, डा. ओमकृष्ण प्रसाईं, दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रहेको छ । नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।