२४ असार २०८३, बुधबार

भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नेपालको अग्रणी होम–आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड (एचईआई) सँग साझेदारी गरेको छ । एचईआई नेपालको विश्वसनीय गैरजीवन बीमा कम्पनीमध्ये एक हो, जसले भरपर्दो र व्यापक बीमा समाधान प्रदान गर्दै आएको छ ।

यस साझेदारीमार्फत भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ । यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेशेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ र भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ भन्ने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीका अनुसार भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडि महत्त्वपूर्ण रुपमा रहेका सेवा प्रदायकलाई केन्दमा राखेको छ । ‘दुर्घटना बीमा उपलब्ध गराएर हामी चाहन्छौं कि हाम्रा प्रदायकहरू सुरक्षित रहुन र आफ्नो करियर विकास गर्न उत्साहित’ रहुन भन्ने चाहाना रहेको भेटायोका सहसंस्थापक रोचन मान महर्जनले बताए ।

कम्पनीका अनुसार यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्र बढाउँदैन, नेपालमा सेवा उद्योगमा नयाँ मापदण्ड समेत तय गर्दछ, जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ ।

भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई यसको समर्थन र पहल सफल बनाउन योगदान पुर्‍याएकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । दुवै संस्थाको लक्ष्य नेपालमा विश्वासिलो, जिम्मेवार, र आम मानिस केन्द्रित सेवाको वातावरण निर्माण गर्नु हो । भेटायो एपमार्फत ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू प्राप्त गर्न सक्छन्, जस्तैः प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, घर सरसफाइ, र अन्य धेरै विश्वसनीय, छिटो र पारदर्शी सेवाहरू ।