
काठमाडौं, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउँदै १४६ रनको लक्ष्य दिएको हो ।
जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो ।
जनकपुरले आजको खेलमा कप्तान परिवर्तन गरेर कप्तानी वायन पार्नेललाई दिएको छ ।
सुदूरपश्चिम हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ४ खेलमा ४ जितसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ४५ रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको थियो ।
जनकपुरको यो चौथो खेल हो । जनकपुरले यसअघि कुनैपनि खेल जितेको छैन । पहिलो खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार बेहोरेको थियो ।








प्रतिक्रिया