३ श्रावण २०८३, आइतबार

सबै तेस्रो विश्वको आप्रवासनलाई स्थायी रूपमा रोक्ने ट्रम्पको चेतावनी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रणालीलाई पूर्णरूपमा पुनःस्थापना गर्न तेस्रो विश्वका देशहरूबाट आप्रवासनलाई स्थायी रूपमा रोक्नु एकमात्र उपाय भएको बताएका छन् ।

बुधबार नेसनल गार्ड सदस्यहरूमाथि भएको गोलीकाण्डका आरोपी अफगानी नागरिकको पहिचान भएपछि ट्रम्पले आफ्नो कडा आप्रवासन नियन्त्रणलाई अझ तीव्र पार्ने बताएको एक्जिओस अनलाइनले उल्लेख गरेको छ ।

ट्रम्पका अनुसार उक्त आक्रमणमा घाइते २० वर्षीय सिपाही सारा बेकस्ट्रोमको बिहीबार चोटका कारण मृत्यु भएको थियो । वेस्ट भर्जिनिया नेसनल गार्डका अर्का घाइते २४ वर्षीय एयर फोर्स स्टाफ सार्जन्ट एन्ड्रयू वुल्फ गम्भीर घाइते छन् ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले बुधबार रातिबाट तत्काल लागु हुने गरी अफगानी नागरिकहरूको सबै आप्रवासन आवेदनहरू स्थगित गरेको थियो ।