२३ असार २०८३, मंगलबार

विपिन कार्की अभिनित ‘काजी’को फस्टलुक सार्वजनिक, प्रदर्शन मिति तय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । फस्टलुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो ।

‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको आज सार्वजनिक गरिएको फस्टलुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका उनले सर्ट लगाएका छन् । उनी केही गम्भीर मुद्रामा केही सोचिरहेको र केही हेरिरहेको जस्तो देखिन्छन् ।

पोस्टरमा केकी अधिकारीलाई विपिनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ भने सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ । पोस्टरले सिनेमा पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।

विपिन र केकीसँगै यो सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।

यो सिनेमाबाट लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन् । आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमब्याक गरेको उनले बताएका छन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।

रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा निर्माण रहेको सिनेमालाई रामप्रसाद रिजालले निर्माण गरेका छन् ।

चलचित्रमा प्रदीप भारद्धाजको लेखन रहेको छ । सिनेमालाई चिन्तन राजभण्डारीले खिचेका छन् । सिनेमाका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका छन् ।

सिनेमाको प्रोड्क्सन डिजाइनर ओजस्वी ओझा हुन् । रगं संयोजक श्याम कुँवर, लोकेशन साउन्ड÷साउन्ड डिजाइन सागर अर्याल, ब्याक्ग्राउन्ड स्कोर सुजिल कर्माचार्यको रहनेछ । क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरजको रहनेछ ।

प्रोडक्सन हेड प्रकाश हमाल छन् भने सम्पादन सुपरभाइजर बनिश शाह छन् । सम्पादक विपिन मल्ल रहेका छन् ।

कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल, विकासराज जोशी रहेका छन् । वितरक श्रीराम बालाजी फिल्म्स रहेको छ ।