२५ जेष्ठ २०८३, सोमबार

नेपाल आइडल विजेताद्वय करण र गङ्गाको ‘राधिका’मा पहिलो सहकार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर। नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामको स्वर रहेको ‘राधिका’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार भोलानाथ पाठकको शब्द सृजना रहेको गीतमा नेपाल आइडल सिजन ५ का बिजेता करण र सिजन ६ का विजेता गंगाले स्वर भरेका छन् ।

जसमा मोडलद्धय स्मारिका ढकाल र बद्री प्रसाद तिवारीको रोमान्टिक अभिनय देख्न सकिन्छ । लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार गीतको भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोले प्रेम र रोमान्सका रमाइला किस्सालाई देखाएको छ ।

राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ तथा उत्सब दाहालको छायांकन रहेको छ । गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो ।

निर्देशक कृष्ण देव रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे ।