काठमाडौं, ११ मंसिर । भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन् ।
सर्वोच्च अदालतले आज २० लाख धरौटीहमा रिहा गर्न आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री भएका समयमा पनि पक्राउ परेका महरा साधारण तारेखमा छुटेका थिए । तत्कालीन गृहमन्त्री लामिछानेले उनी बिरामी रहेको भन्दै ‘राज्यको पनि करुणा हुन्छ’ भनेर बोलेको वाक्यांश चर्चित भएको थियो ।
‘जेनजी’ आन्दोलनपश्चात् अन्तरिम सरकार आएपछि उनलाई पुनः पक्राउ गरिएको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश दिएको थियो । त्यसलाई बदर गर्दै उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । महरा थुनाबाट निस्किदा एकदमै कमजोर अवस्थामा देखिएका छन् ।
तस्वीरहरू-















प्रतिक्रिया