काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री सुशिला कार्की र नेकपा (एमाले) का नेताहरूबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विशेषगरी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनबारे कुराकानी भएको थियो ।
छलफलमा क्रममा एमाले नेताहरूले अध्यक्ष केपी शर्मा ओलीमािथ लगाइएको स्थानहदबारे पनि प्रश्न उठाएका थिए । स्थानहदबारे प्रश्न गर्दा प्रधानमन्त्री कार्कीले कुनै जवाफ नदिएको विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । छलफलमा क्रममा प्रधानमन्त्रीले निर्वाचनका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् ।
एमाले नेताहरूले भने चुनावमा जान आफूहरूलाई कुनै समस्या नरहे पनि अझै आफ्ना अध्यक्षमाथि स्थानहद गरिएको र सरकारी क्रियाकलापले चुनावी वातावरण नबनेको धारणा राखेका थिए । यस्तै एमाले नेताहरूले सरकार गठन र सरकारले गरेको संसद विघटन असंवैधानिक रहेको स्पष्ट पार्दै यसको संवैधानिक परिक्षण संवैधानिक अदालतबाट हुने र यसकाविरूद्व रिट दायर भएको अवस्थामा फैसला आएपछि मात्रै निर्णय गर्न सक्ने प्रष्ट पारेका छन् ।
छलफलमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी थिए ।















प्रतिक्रिया