२८ असार २०८३, आइतबार

एनपीएल : जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अनतर्गत आजको खेलमा पनि जनकपुरले हार बेहोरेको छ ।

आज भएको खेलमा जनकपुरलाई पोखरा एभेन्जर्सले २४ रनले पराजित गरेको हो । पोखराको भने तेस्रो खेल खेल्दा यो पहिलो जित हो । पोखराले यसअघि पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो ।

जनकपुर यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनले पराजित भएको थियो ।

आजको खेलमा पोखराले दिएको १५६ रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो ।