१५ असार २०८३, सोमबार

लुम्बिनी लायन्समाथि सुदुरपश्चिम रोयल्सको ७ विकेटको जित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ ।

बिहिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८.२ ओभरको समाप्तीमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो ।
पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको लक्ष्यदिएको थियो ।

सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेलनै जितेको छ । आजको खेलजितेर सुदूरपश्चिम प्ले अफको नजिक पुगेको छ ।