१८ असार २०८३, बिहिबार

ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ११ मंसिर । सुनकोसी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोडेपछि निर्माण कम्पनीले आफ्ना सामग्री उठाउन लागेको छ ।

आयोजनाको बाँध, विद्युत् गृह लगायतका संरचना निर्माणका लागि भारतको पटेल–रमण निर्माण सेवाले जिम्मा लिएको थियो । सो कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि काम नगरेपछि सरकारले ठेक्का सम्झौता तोडेको हो । डाइभर्सनको सुरुङ निर्माणको चिनियाँ कम्पनीले ठेक्का लिएको काम एक वर्ष अगाडि नै सम्पन्न भइसकेको छ ।

सम्झौता भएको ठेक्का तोडेपछिण् सुनकोसी मरिण जलविद्युत आयोजनाको बाँध निर्माणस्थलबाट सो कम्पनीले निर्माण सामग्री र साइटमा रहेका उपकरणहरू उठाएको हो ।

ठेक्का तोडेको जानकारी पाएपछि पटेल रमण जेभिले सेलेघाटको सिल्लीबजारको साइटबाट निर्माण सामग्रीहरू धमाधम उठाइरहेको छ । ढुवानीका साधन, उपकरण र निर्माण सामाग्रीहरू अधिकांश उठाइसकेको उक्त जेभिले बाँकी सामाग्रीहरू पनि उठाउने तयारी गरेको छ ।
आयोजनाले निर्माण स्थलबाट निर्माण सामग्री उठाउन दिएको समय सीमा भित्रै सो जेभिले सामाग्रीहरूको अन्यत्र व्यवस्थापन गरेको हो । साइट कार्यालय र आवास गृह भने आयोजनाको रहेकोले भत्काइएको छैन् ।

सुनकोसी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँध, विद्युत् गृहलगायतका संरचनाका लागि ठेक्का भएको उक्त जेभिले ठेक्का अवधिको समय सकिदा निर्माण कार्य भने झण्डै ११ प्रतिशत मात्र गरेको कारण आयोजनाले उक्त जेभिसँगको सम्झौता तोडेको हो ।
कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै त्यसअघि पटक पटक निर्माण कार्यलाई तीव्रता दिन दिइएको सुझाव जेभिले अटेर गरेपछि ठेक्का तोड्नु परेको आयोजनाको दाबी छ ।