काठमाडौं, ११ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ४८ हजार ४ सय कायम भएको हो ।
बुधबार ९ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सय पुगेको थियो ।
यस्तै, आज सुनको मूल्य घटे पनि चाँदीको भने मूल्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला ३ हजार २ सय ८० कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँ कायम भएको थियो ।








प्रतिक्रिया