२९ असार २०८३, सोमबार

पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने १३ जना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । काठमाडौंको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौन जन्य क्रियाकलापमा संलग्न गर्ने १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–५ घर भई हाल ठमेल बस्ने १९ वर्षको बादल तामाङ, बाजुरा २२ वर्षको गणेश नाथ, तनहुँ बन्दिपुर गाउँपालिका २४ वर्ष को विशाल थापा मगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ रहेका छन् ।

यस्तै, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका वर्ष २१ को मिलन नेपाली, गोरखाका वर्ष २२ को विवश खनखवास, बाँकेका वर्ष २३ को अभिषेक थापा, काभ्रेपलान्चोकका वर्ष २२ को संजय लामा, दाङका वर्ष २० की प्रतिमा डाँगी र दाङकै वर्ष २१ की प्रमिला पुन मगर रहेकी प्रहरीले जनाएको छ ।

बुधबार राति जनगुनासोको आधारमा ठमेल पर्यटन विकास परिषद्का पदाधिकारीसहित प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनीहरुले अनुगमनमा खटिएका व्यक्तिहरू उपर नै हातपात तथा गालीगलौज गरी अभद्र व्यवहार समेत गरेका थिए । ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।