११ असार २०८३, बिहिबार

आजदेखि १०० रुपैयाँको नयाँ नोट बजारमा

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले आज एक सूचना जारी गर्दै नयाँ विशेषतासहितको नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।

नयाँ नोटमा यसअघिकै जस्तो ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ । नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

यस्तै, नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र छ । साथै, दृष्टिविहीनलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र ‘सिल्भर मेटालिक’मा मायादेवीको चित्र रहेको छ ।

नोटको सुरक्षाका लागि २ मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको छ ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ ।