२ श्रावण २०८३, शनिबार

एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याश नामक इयर–इण्ड अभियान सुरु गरेको छ । जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफरहरू उपलब्ध हुनेछन् ।

नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड–टाइम अफर उत्कृष्ट अवसर बनेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार डोंगफेङ नामीको एक्सक्लुसिभ अफरअन्तर्गत ग्राहकहरूले अब नामी भिगो र नामी ०१ लाई नाडा मूल्यमा किन्न सक्नेछन् । साथै, प्रत्येक ग्राहकले निःशुल्क ७ किलोवाट होम चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर, र निःशुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन् । नामी ग्राहकहरू विशेष लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन्, जहाँ तीन जना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले आईफोन १७ प्रो म्याक्स जित्ने मौका पाउनेछन् ।

यस अभियानमा सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निःशुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन् । यसले सेरेसलाई यो सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्पहरूमध्ये एक बनाएको छ ।

प्रि–न्यू इयर ब्याशका सबै अफरहरू काठमाडौं उपत्यकाभित्र र बाहिर रहेका सबै डोंगफेङ नामी र सेरेस शोरूमहरूमा उपलब्ध छन् ।