११ श्रावण २०८३, सोमबार

हङकङको आवासीय भवनमाआगलागी, कम्तिमा १३ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । हङकङको ताई पो क्षेत्रको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ। आगोले कम्लेक्सका ८ ब्लकका थुप्रै फ्ल्याट फैलिएका छन्।

स्थानीय समयअनुसार बिहान २:५१ बजे आगलागी सुरु भएको थियो। घटनास्थलमा ७ सयभन्दा बढी अग्निनियन्त्रक परिचालन भए पनि केही व्यक्तिहरू अझै भवनभित्र फसेको अनुमान गरिएको छ।

बीबीसीका अनुसार, आगलागीमा १३ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। मृत्यु भएकामध्ये एक जना अग्निनियन्त्रक पनि छन्।