२३ जेष्ठ २०८३, शनिबार

रास्वपा र विवेकशील साझाबीच आइतबार एकता घोषणा हुने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचमा आइतबार एकता घोषणा हुने भएको छ ।

दुई दलबीच आइतबार एकता घोाषणा गर्ने सहमति भएको हो । विवेकशील साझा पार्टीले उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलवीचको ’वृहत्तर ध्रुबिकरणर एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको छ ।

एकता घोषणा कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृहमा हुनेछ ।