
काठमाडौं, १० मंसिर । इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इन्डोनेसियाविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ । आज नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले रेनुका नगरकोटेको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।
अञ्जना रानामगर पहिलो रोजाइमा परेकी छन् । खेल इन्डोनेसियाको योग्यार्टास्थित मागुवोहारजो रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपालको सुरुआती ११ :
अञ्जना रानामगर, अनिता बस्नेत, बिमला बिके, दीपा शाही, हिरा कुमारी भुजेल, प्रीति राई, पूजा राना, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, समिक्षा घिमिरे









प्रतिक्रिया