६ श्रावण २०८३, बुधबार

आईपीओ निष्काशन गर्दै भगवती कम्पोजिट इण्डष्ट्रिज, निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँमा आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ६,४४,००० कित्ता शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

भगवती कम्पोजिट इण्डष्ट्रिजले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य वस्तुहरु उत्पादन गर्दै आइरहेको छ ।