३० जेष्ठ २०८३, शनिबार

धान झार्ने मेसिनले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, अर्का गम्भीर घाइते

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १० मंसिर । बारामा धान झार्ने मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मधेश प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

महागढीमाई नगरपालिकास्थित इनर्वा चोक नजिक भुतही पुलमा सोमबार राति कम्बाइन मेसिनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट मोटरसाइकल चालक रौतहट मौलापुर नगरपालिका–३ गम्हरिया वस्ने अन्दाजी २२ वर्षीय रुपेश साह सोनारको ज्यान गएको हो ।

प्रहरीका अनुसार ठक्करबाट सोनारको घटनास्थलमै मृत्यु भएको हो भने उनीसँगै मोटरसाइकलमा पछाडि सवार बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ का करिब २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका छन् । घाइते सुनिलको थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

रुपेशले चलाएको अपाची मोटरसाइकलको नम्बरसमेत खुल्न नसक्ने गरी जलेर पूर्णरुपमा नष्ट भएको छ ।

मोटरसाइकललाई ठक्कर दिने कम्पाइन मेसिनका चालक भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।