
मुगु, १० मंसिर । समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको सदरमुकाम गमगढीदेखि २ दिन पैदल यात्रापछि पुगिने सुन्दर गाँउ हो मुगु गाँउ । मुगुको मुगूम कार्मारोङ गाँउपालिका वडा नम्बर २ मा पर्ने यस गाँउको नामबाटै मुगु जिल्लाको नामाकरण भएको पाइन्छ । यहाँ बुद्ध धर्मावलम्बीहरू मात्र बसोबास गर्ने गर्छन् । हिउँदमा अत्यन्तै चिसो हुने भएकाले यहाँका मानिसहरू बेसी तिर झर्ने गर्छन् । १ सय २० घरधुरी रहेको चीनसँग सिमानामा जोडिएको यस गाँउलाई बस्ती छेउछाउमा रहेको धार्मिक तथा बैद्ध धमालम्बीहरुका गुम्बा, चिटीम, हिमाल र मुगु कर्णाली नदीले थप पर्यटकीय सुन्दरता बढाएको छ ।

तस्वीरहरु : दानबहादुर बुढा









प्रतिक्रिया