२९ जेष्ठ २०८३, शुक्रबार

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता शेयर जारी गरेको थियो ।

आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ सम्म रहनेछ ।

कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत पाएका २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता साधारण शेयरमध्ये प्रभावित क्षेत्रका लागि १ करोड कित्ता र विदेशमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर छुट्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् ।

आवेदन आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’मार्फत दिन सकिन्छ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेको छ ।