२७ असार २०८३, शनिबार

जाँचबुझ आयोगलाई सेनाले जवाफ मात्रै पठायो, अधिकारीको विवरण पठाउन इन्कार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । जेनजी आन्दोलन छानबिन आयोगले मागेको विवरणमध्ये नेपाली सेनाले घटना रिपोर्ट मात्र पठाएको छ।

आन्दोलनका दिन खटिएका सैनिक अधिकारीहरूको नाम–विवरण भने सेनाले नपठाउने अडान लिएको छ।

सेनाले आयोग सैनिक ऐनले नचिन्ने भएकाले सैनिक अधिकारीको व्यक्तिगत विवरण दिन नपर्ने तर्क गरेको हो । आयोगले मागेअनुसार सबै कागजात नआएको जनाएको छ।

भदौको घटनामा ६ हजार राजधानीमा र देशभर १८ हजार सैनिक परिचालन भएका थिए। आयोग–सेना बीच स्पष्ट मतभेद देखिए पनि आवश्यक समन्वय भइरहेको सेनाको भनाइ छ ।