काठमाडौं, ९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डूले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो । काठमाण्डूले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९।१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो ।
योसँगै काठमाण्डूको यो दोस्रो जित हो भने लुम्बिनीको दोस्रो हार । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, त्यसपछिका दोस्रो र तेस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध क्रमशः २९ रन र पाँच विकेटले पराजित भएको थियो ।
लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको हार व्यहोरेको थियो । लिए ।









प्रतिक्रिया