२४ असार २०८३, बुधबार

दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानको सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कामठाडौं, ९ मंसिर । नेपाल क्रिकेट संघ(क्यान)ले दृष्टिविहीन नेपाली महिला क्रिकेट टिमलाई सम्मान गरेको छ ।

आज क्यानले एक कार्यक्रमको आयोजना गरी दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान तथा नेत्रहीन क्रिकेट संघलाई नगद दश लाख रुपैयाँ प्रदान गरेको हो ।

नेपाल दृष्टिविहीन महिला क्रिकेट टिम भारत एवम् श्रीलङ्कामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप, २०२५ को उपविजेता रहेको थियो ।