काठमाडौं, ९ मंसिर । लोकदोहोरी गायिका ज्योति मगरले वर्तमान सरकार गठनका क्रममा अग्रभागमा देखिएको बार्बरा फाउण्डेसनप्रति कटाक्ष गरेकी छिन् ।
उनले आज सामाजिक सञ्जालमार्फत बार्बरा फाउण्डेसनप्रति व्यंग्यात्मक रूपमा कटाक्ष गर्दै फाउण्डेनसको सदस्यता लिने र देशद्रोह गर्ने इच्छा रहेको बताएकी हुन् ।
उनले सुदन गुरूङ नेतृत्वको ‘हामी नेपाली’ नामक संस्थालाई पनि जोडेकी छिन् ।
उनले लेखेकी छिन्, अबको मेरो उदेश्य भनेको अमेरिकन युथ काउन्सिलिङको सदस्यता लिने बार्बारा फाउन्डेसनसँग सहकार्य गर्ने अनि हामी नेपालको टिमसँग पानी बाँड्न जाने । यति भएपछि म भन्दा राष्ट्रवादी र म भन्दा बलियो नेपाली को हुन सक्छ ?
उनले पछाडि थपेकी छिन्, साला पैले नै यो कुरा थाहा भएको भए आज म पनि खत्रै नेता या मन्त्री बन्ने रैछु यार । बेकारमा देश संविधान कानून मान्नु पर्छ भन्दै सो कल्ड गायिने भैयो । त्यो पनि यो समाजको नजर मा छाडा…। गाइच प्लिज हेल्प गर्नु न यति, मलाई नि सदस्यता दिलाउनु पर्यो, म देश द्रोह गर्न सिक्दै छु, म कानुन मिच्न नि सिक्दै छु, चाडै म देश जलाउने बम सम बनाउन र पड्काउन नि सिकिहाल्छु…।









प्रतिक्रिया