काठमाडौं, ९ मंसिर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङको क्षेत्रमा एक रणनीतिक पहल गर्दै ‘सिटिजन्स डीजीबैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानलमा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइलमार्फत सहजिकरण गर्नु यसको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ । सेवा प्रवाह अझ छिटोछरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ ।
यो सुविधा बैंकको आधिकारिक वेबसाइट वा मोवाईल बैंकिङ्ग एप (सिटिजन्स स्मार्ट) मार्फत प्रयोग गर्न सकिनेछ ।
पहिलो चरणमा यस प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु (जस्तै: अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ तथा कार्ड सम्बन्धी सेवाहरु) उपलब्ध गराइएका छन् । डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई नवीनतम सेवाहरु दिने लक्ष्यका साथै भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरु समावेश गर्दै यसलाई अझ सशक्त बनाउँदै लैजाने बैंकको प्रतिबद्धता रहेको छ ।
हालै बैंकले नव युवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।








प्रतिक्रिया