३२ असार २०८३, बिहिबार

पाकिस्तानी हवाई हमलामा नौ बालबालिकासहित १० आफगान नागरिकको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ९ कात्तिक । अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी नौ बालबालिकासहित १० जनाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ ।

तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा खोस्त प्रान्तमा पाकिस्तानी सैनिकले एक स्थानीयको घरमा बमबारी गर्दा १० जनाको मृत्यु भएको उल्लेख गरेका छन् । उक्त बमबारीमा अरू चार नागरिक घाइते भएका उनले जनाएका छन् ।

घटनाबारे पाकिस्तान सरकारले कुनै प्रतिक्रिया दिएको छैन । सोमबार पाकिस्तानको पेसावरस्थित अर्धसैनिक बलको मुख्यालयमा बम विस्फोट हुँदा तीन सैनिक अधिकारीको मृत्यु भएको थियो । घटनामा ११ जना घाइते भएका थिए । उक्त घटनाको एक दिनपछि सीमावर्ती क्षेत्रमा आक्रमण गरिएको जनाइएको छ ।