२४ जेष्ठ २०८३, आइतबार

एनएमबि बैंकले पाटा नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै ल्यायो ‘सफ्ट पिओएस’ प्रविधि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै नेपालको पर्यटन क्षेत्रमा सहज डिजिटल भुक्तानी प्रणाली विस्तार गर्न ‘एनएमबि सफ्ट POS’ प्रविधि लागू गर्ने भएको छ। उक्त सहकार्यसम्बन्धी सम्झौतामा बैंक र पाटा प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्।

सफ्ट POS एक आधुनिक डिजिटल भुक्तानी प्रविधि हो, जसले व्यवसायीलाई कुनै भौतिक POS मेसिन बिना नै NFC–सक्षम एंड्रोइड स्मार्टफोनमार्फत कार्ड भुक्तानी स्वीकार गर्ने सुविधा प्रदान गर्छ। यसले डिजिटल भुक्तानी प्रक्रियालाई छिटो, सुरक्षित र अझ सरल बनाउने बैंकको विश्वास छ।

पाटा नेपाल च्याप्टरले होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका प्रमुख सरोकारवालालाई प्रतिनिधित्व गर्दै आएको छ। यस सहकार्य मार्फत पाटा सदस्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउन, डिजिटल कारोबार बढाउन र पर्यटकहरूलाई सहज भुक्तानी सेवा उपलब्ध गराउन मद्दत पुग्ने एनएमबि बैंकको लक्ष्य रहेको छ।

एनएमबि बैंकका अनुसार सफ्ट POS को विस्तारले पर्यटन क्षेत्रभर आधुनिक डिजिटल भुक्तानी विधिको पहुँच बढाउनेछ। यसले वित्तीय समावेशीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा बैंकले गरेको हो।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।