
काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले नेत्रहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर कार्कीले पहिलो नेत्रहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन् ।
नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै कार्कीले नेपाली टोलीलाई अझै उत्तरोत्तर प्रगतिको कामना गरिन् ।
प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो । साधनस्रोत सम्पन्न मुलुकका टोलीलाई पनि जितेर दोस्रो हुन सकेको भन्दै उनीहरूले सरकारको साथ पाए च्याम्पियनसमेत बन्न सक्ने बताए ।








प्रतिक्रिया