१ श्रावण २०८३, शुक्रबार

बलिउड अभिनेता धर्मेन्द्रको निधन

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ ।

उनको आज ८९ वर्षको उमेरमा मुम्बईस्थित घरमै निधन भएको हो । सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

‘शोले’ मा बहुचर्चित वीरूको भूमिकासहित ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ जस्ता उनका फिल्महरू सदाबहार मानिन्छन्।

यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायत आर्यघाट पुगेका छन् ।