काठमाडौं, ७ मंसिर । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालत तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको हतियार लुटपाट गरेको अभियोगमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौँबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।








प्रतिक्रिया