काठमाडौं, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन् ।
हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका प्रसाई आज सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन् ।
न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा आइतबार सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो।
प्रसाईंलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा उनका छोराले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार प्रसाईंलाई २४ घण्टाभित्र उपस्थिति गराउन आदेश गरेको थियो ।








प्रतिक्रिया