
काठमाडौं, ७ मंसिर । इन्डोनेसियामा हुने फिफा टायर पहिलो त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागीता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इन्डोनेसिया प्रस्थान गरेको छ ।
नेपाली टोलीलाई आज नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राई, सीईओ इन्द्रमान तुलाधरलगायतले बिदाइ गरे । नेपालले पहिलो खेल नोभेम्बर २६ तारिख घरेलु टोली इन्डोनेसिया र डिसेम्बर २ तारिख चाइनिज ताईपेइसँग प्रतिस्पर्धा गर्नेछ ।
टोलीका प्रशिक्षक नवीन न्यौपानेले एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा यसअघि नै २२ सदस्यीय महिला टोलीको घोषणा गरिसकेका छन् । नियमित कप्तान सावित्रा भण्डारी (साम्बा) अस्ट्रेलियामा वेलिङटन फोनिक्सबाट अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने भएपछि उनी यसपटकको सिरिजमा अनुपस्थित हुने भएकी हुन्। उनी घाइते पनि छिन् ।








प्रतिक्रिया