११ असार २०८३, बिहिबार

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्सस्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।

माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएईस्थित जोयालुक्कास एक्सचेन्जसँग सहकार्य गरी विधिवत रुपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो ।

रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिशकुमार कर्ण र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि अब यूएईमा रहेका नेपालीहरुले यूएईस्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबीएल रेमिट गरी नेपाल पठाएको रकम सजिलैसँग ममाछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, शाखारहित बैंकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपालभरी सजिलै भुक्तानी लिन सकिनेछ । साथै, जोयालुक्कास एक्सचेन्जबाट एमबीएल रेमिट गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि बैंकले मिलाएको छ ।

स्थापना कालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, शाखारहित बैंकिङ्ग सेवा ८८ र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७४ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु मार्फत १८ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।