
काठमाडौं, ७ मंसिर । सामसङ नेपालले यस जाडो महिनालाई झन् सहज र आरामदायक बनाउनका लागि ‘वार्म वीनटर अफर’को घोषणा गरेको छ । यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड, एफएटीएल र साल्ट वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन् ।
त्यसैगरी, सिंगल–डोर, डबल–डोर र साइड–बाई–साइड सामसुङ रेफ्रिजरेटरहरूमा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध छ ।
सामसङ वासिङ मेसिन र रेफ्रिजरेटरले डीआईटी मोटरमा २० वर्षको वारेन्टीमार्फत दीर्घायु सुनिश्चित गर्ने र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।











प्रतिक्रिया