१९ असार २०८३, शुक्रबार

महेश बस्नेतमाथि रंग प्रहार गर्नेलाई नेविसंघले कारबाही गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । विराटनगरमा नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य नेता महेश बस्नेत रातो रंग प्रहार गर्नेलाई नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कारबाही गर्ने भएको छ ।

सभापति दुजाङ शेर्पाले महेन्द्र मोरङ क्याम्पसका नेविसंघ कार्यकर्ता सन्जोग गौतम र अर्पित कुँवरलाई कडा कारबाही गर्ने बताएका हुन् ।

कायरतापूर्ण व्यवहार नेविसंघको चरित्र नभएको शेर्पाले उल्लेख गरेका छन् ।