२० असार २०८३, शनिबार

एनपीएलमा आज ब्रेक, भोलि दुई खेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज आइतबार कुनै पनि खेल राखिएको छैन ।

भोलि सोमबार भने दुई खेल हुनेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

दुई दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाडौं गुर्खाज दुई अंक जोड्दै तेस्रो स्थानमा छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।