
काठमाडौं, ६ मंसिर । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)अन्तगर्त आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जित हासिल गरेको छ ।
शनिबार भएको दोस्रो खेलमा विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै काठमाडौं गोर्खाजले दिएको १३५ रनको लक्ष्य पूरा गरेको हो ।
काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
विराटनगरले टस जितेर पहिले बलिङ रोजेपछि काठमाडौंले ब्याटिङको निम्तो पाएको थियो ।
काठमाडौंका लागि मोहम्मद अदिल आलमले २५ बलमा अविजित रहँदै ४८ तथा बेन चाल्सवर्थले ३३ बलमा ३२ रन बनाए ।
विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए ।
काठमाडौंले तेस्रो खेल खेलेको हो । पहिलो खेल जितेको काठमाडौंले त्यसपछिका दुवै खेल हारेको छ ।
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम र विराटनगरले मात्र लगातार दुई खेल जितेका छन् ।
कर्णाली, लुम्बिनी र चितवनले एक खेलमा जित र एकमा हार बेहोरेका छन् । काठमाडौंले तीनमध्ये एक खेल जितेको छ भने दुई खेल हारेको छ । पोखराले दुवै खेल हारेको छ ।
जनकपुरले एक खेल हारेको छ ।









प्रतिक्रिया